डोटीको जोरायलमा एकीकृत घुम्ती शिविर सम्पन्न

बैतडी -डोटीको जोरायल गाउँपालिकामा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।आर्थिक वर्ष २०८१र८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले दुर्गम बस्ती सम्म सेवा पुर्‍याउने उद्देश्य सहित सञ्चालन गरेको तीनदिने घुम्ती सेवा शिविर आइतबार सम्पन्न भएको हो।

शिविर गाउँपालिका वडा नं ४ खैगाड, वडा नं- ५ गड्सेरा र वडा नं-६ खसरेमा सञ्चालन गरिएको थियो।
शिविर मार्फत सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी विभिन्न शाखाहरूबाट सेवा प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताईन।

स्वास्थ्य सेवा तर्फ २सय८७ जनाको स्वास्थ्य परिक्षण , ल्याब परीक्षण तथा औषधी वितरण सेवा दिएको थियो।भने पशु सेवा शाखाबाट २सय४६ जनालाई आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि औषधि वितरण गरिनुका साथै प्राविधिक सल्लाह दिइएको थियो।त्यसैगरी कृषि शाखाबाट ३सय१० जनालाई तरकारी बीउ, जैविक विषादी वितरण गरी प्राविधिक सल्लाह प्रदान भएको छ ।

यसका अतिरिक्त आयुर्वेद शाखाबाट १सय ७७ जनाले प्राकृतिक उपचार सेवा प्राप्त गरे भने महिला, बालबालिका तथा लैङ्गिक सेवा अन्तर्गत १ जनाले लक्षित सेवा प्राप्त गरेका छन । साथै, अपाङ्गता भएका ३ जनालाई सेवा प्रदान गरिनुका साथै परिचयपत्र वितरण समेत गरिएको छ ।

दुर्गम क्षेत्रका जनतालाई राज्यको सेवा प्रत्यक्ष रूपमा अनुभूति गराउने उद्देश्यले घुम्ती सेवा शिविर संचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताईन ।शिविरमा उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, विभिन्न शाखाका प्राविधिक कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.