बझाङमा जोत्दै गरेको गोरुसहित लडेर एक जनाको मृत्यु भएको छ। भिरालो खेत जोत्ने क्रममा लडेर बुंगल नगरपालिका–८ ऐडीगाउँका सुका ऐडीको मृत्यु भएको हो।
भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए। उक्त घटनामा हल गोरु पनि मरेका छन्।
ऐडी मकै रोप्नका लागि खेत जोतिरहेका थिए।