बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिका–०५ मा गरिब र विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ। शनिवार गरिवसगं बिशेश्वर कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको वडाध्यक्ष राज बहादुर पालले बताउनुभयो।
वडाभित्र रहेको गरिब तथा विपन्न दश परिवारलाई बाख्रा वितरण गरिएको जनाईएको छ। जिविकोपार्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएको वडाध्यक्ष पालले जानकारी दिनुभयो।
बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष पाल, वडासदस्यहरु, गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास) र प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझा लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
यसैगरी वडा न ६ मा पनि विपन्न र गरिब परिवारलाई बाख्रा वितरण गरिएको छ।