बैतडी-शिवनाथ पालिकामा प्रारम्भिक बाल विकास सहजकर्ताहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ ।
शिवनाथ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जेठ २३ गतेदेखी सुरु भएको प्रारम्भिक बाल विकास सहजकर्ताहरुको लागिे क्षमता विकास तालिम आज सम्पन्न भएको शिक्षा अधिकृत दिनेश साउँदले बताउनुभयो ।
शिवनाथ गाँउपालिकाका अध्यक्ष कर्ण सिंह साउँदको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले वालविकास सहजकर्ताहरुले वालवालिकाको शैक्षिक जग बसाल्ने जिम्मा लिएकाले शिक्षण सिकाईमा शैक्षिक सामग्रीको प्रयोग बढि मात्रामा गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
शिवनाथ गाउँपालिका वडा नम्वर १ देखि ६ सम्मका ३७ जना बालविकास सहजकर्ताहरुलाई तालिम सञ्चालन गरिएकोे गाउँपालिकाका शिक्षा अधिकृत दिनेश साउँदले जानकारी दिनुभयो ।
तालिममा बाल विकासमा प्रयोग हुने शैक्षिक सामग्रिहरुको निर्माण,मुल्याकंन, पाठ्यक्रम, शिक्षण विधि लगायतका विभिन्न विषयमा सहजिकरण गरिएको थियो । त्यस्तै पालिका सहजकर्ताहरुले विभिन्न कागजका सामग्रीहरु निर्माण र सो सम्बन्धी प्रयोग गर्ने कार्यशाला समेत सम्पन्न भएको थियो