मेलौलीमा यू–२० खुल्ला क्रिकेट प्रतियोगिता हुदैं, बिजेताले २० हजार पाउने

बैतडी : “मेलौलीमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ यू–२० खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ। मेलौली बारीयर्स (११ सेर) मेलौली–०१ को आयोजनामा प्रतियोगिता हुन लागेको सम्पर्क ब्यक्ति सिजन साउदले बताउनुभयो।

मेलौली नगरपालिका–०१ मा रहेको बिठन्ने खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने अर्का सम्पर्क ब्यक्ति अनिल क्षेत्रीले जानकारी दिनुभयो। प्रतियोगिता जेठ ३० गतेदेखी असार ३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुनको लागि ३ हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ। टिम दर्ता जेठ २९ गते बेलुका ८ बजेसम्म गर्न सकिने कमल नायकले बताउनुभयो। प्रतियोगिताको बिजेताले २० हजार सहित ट्रफि र उपबिजेता हुनेले १० हजार सहित ट्रफि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

साथै वेष्ट ब्याटर र वेष्ट बलिङ गर्ने खेलाडीलाई समेत एक हजार सहित प्रमाणपत्र प्रदान गरिने छ। सहभागि टिमले खान बस्नको व्यवस्ता स्वयम आफैले गर्नुपर्ने र खेलमा कुनै बिबाद भएको खण्डमा आयोजकको निर्णय नै अन्तिम निणर्य हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.