मेलौली नगरपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा

बैतडी– बैतडीको मेलौली नगरपालिकाका नौ वटै वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा भएका छन ।

पछिल्ला दुई दिनमा वडा नम्बर १,२ र ४ वडा घोषणा गरिएपछि सबै वडा पुर्ण खोप सुनिश्चित घोषणा भएका हुन ।नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले नौ वटा वडालाई पुर्ण खोप सुनिश्चित घोषणा भएको बताउनुभयो ।

ती वडामा उमेर समुह अनुसार निर्धारित सबै खोप लगाउने कार्य पुरा भएपछि वडालाई घोषणा गर्ने कार्य भएको स्वास्थ्य शाखाका सिनियर अहेभ राज बहादुर चन्दले जानकारी दिनुभयो ।

सबै वडालाई घोषणा गर्ने कार्य पूरा भएपछि संयुक्त अनुगमनको प्रतिबेदनका आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम छ।

Leave A Reply

Your email address will not be published.