बैतडी-डोटीको जोरायल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।
शुक्रबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। गाउपालिका अध्यक्ष दुर्गा दत्त ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समुन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनारा रहेका थिए।
यस्तै विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा रहनु भएको थियो। जनप्रतिनिधि सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थिति रहेको थियो।
६ वटा वडा रहेको यस गाउँपालिकाको सबै वडामा रहेका बालबालिकाहरुको खोपको सुनिश्चिता भएसँगै पूर्ण खोप सुनिश्चिता तथा दिगोपन पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द विष्टले जानकारी दिनुभयो। उनका अनुसार बालबालिकाको जन्मदेखि १५ महिनासम्मको अवधिमा अनिवार्य लगाउनुपर्ने खोपहरु पूरा गरिएको हो।
जसका लागि वडा/वडामा खटिएका स्वास्थ्य स्वयमसेविका, खोपकर्ता तथा जनप्रतिनिधिहरुको सहयोगले सहज भएको शाखा प्रमुख विष्टले बताउनुभयो। कार्यक्रममा स्वास्थ्य चौकीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो।