पञ्चेश्वरमा हिंसा पिडित संग न्यायिक समिती तथा न्यायिक प्रशिक्षण कार्यक्रम

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकामा हिंसा पिडित संग न्यायिक समिती तथा न्यायिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिका न्यायिक समितिले न्यायमा पहुँच वृद्धिका लागी पालिकाका वडा .न १,२, र ३ बाट न्यायिक समिति र सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विना भट्टले बताईन् ।

न्यायिक समिति एवं सरोकारवाला मार्फत बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय, असक्षम तथा आर्थिक एवं सामाजिक कारणबाट न्यायको खोजी गर्न नसकेका व्यक्तिको सहज पहुँचलाई सुनिश्चित गर्ने र गराउने लक्ष्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको उपाध्यक्ष भट्टले बर्ताइन् ।

न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने र हिंसा,विभेदका घटनाका विषयमा पालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता हरी दत्त भट्टले जानकारी गराउनुभएको थियो ।न्यायमा महिलाको पहुँच बढाउन महिला स्वयम पनि अगाडी बढ्नुपर्ने उनको धारणा थियो ।

गाउँपालिकाका उपाध्यक्ष विना भट्टको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्देश्यमाथि पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पदम बहादुर चन्दले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । भने न्यायिक समिति सदस्य कालु सिंह जोशीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा महिलाहरु घरको काम संगै बाहिरको काम पनि गर्नुपर्ने बाध्यता रहेको सहभागीहरुको भनाई थियो ।कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य स्वास्थ्य स्वंयम सेविका लगायत स्थानिय महिलाहरुको सक्रिय सहभागीता रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.