शिवनाथ गाउँपालिकाले गर्यो आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार गाउँसभाको १५ औं अधिवेशनमार्फत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो।

शिवनाथ गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘हाम्रो शिवनाथ, हामी बनाउछौं’भन्ने अभिप्रायले शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउने उल्लेख गरिएको छ। यस्तै गाउँपालिकाभित्र बोलिने भाषाको जगेर्नाका लागि व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै एक वडा एक खेलमैदानको नीतिलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

आगामी बर्षमा गाउँपालिकाका ६ ओटै वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। गाउँपालिकाबासीको स्वच्छ खानेपानीमा पहुँच पुर्याउन आवश्यक नीति लिइने उल्लेख गरिएको छ।

यस्तै न्यायीक समितिको कामलाई प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषितर्फ विभिन्न कार्यक्रमहरुमा अनुदान दिइने उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.