बैतडी-बैतडीको मेलौली नगरपालिका वडा.न-२ मा बालविवाह न्यूनीकरण तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका वडा.न-२ को आयोजनामा सलेना स्वास्थ्य चौकीमा वडाका चार वटै विद्यालयका विद्यार्थी अभिभावक तथा शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो।
बाल विवाह भनेको के हो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बाल विवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक तथा शिक्षकको भूमिका कस्तो हुन्छ ? भन्ने विषयमा जानकारी दिईएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
शिक्षकहरुले पछिल्लो समयमा प्रविधिको दुरुपयोगले पनि बाल विवाह हुने गरेकोले यस प्रकारको अभिमुखीकरणले बालविवाह न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो। फेसबुक, ट्विट जस्ता सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाह हुने गरेको बाल अधिकारको क्षेत्रमा सबै सचेत हुनुपर्नेमा सहभागीहरुले जोड दिनुभयो ।
सलेना स्वास्थ्य चौकीका प्रमुख भोज बहादुर चन्दले बढ्दो प्रविधिको प्रयोग, सामाजिक सञ्जालको सही रूपमा सदुपयोग नगर्दा गाउँदेखी सहर क्षेत्रहरूमा पछि भागी प्रेम बाल विवाहले विकराल रूप लिँदै गएको बताउनुभयो ।
उहाँले सबै सरोकारवालाहरू सहित अभिभावकहरूले समयमै बालबालिकाहरू आफ्नो निरागरानीमा राख्न नसक्दा, अनुशासनको पालनमा ध्यान नसदाँ बाल विवाह भएको सुनिँदै आएकाले त्यसमा रोक्न र न्यूनीकरण लाग्नुपर्नेमा जोड दिनुभयो ।
मेलौली नगरपालिका वडा न-२ का वडा अध्यक्ष कृष्ण दत्त भट्टले अभिभावक, बालकालिकाहरुमा जनचेतनाको अभावले गर्दा बाल विवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर विद्यालयहरूमा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।