बैतडीको पञ्चेश्वरमा बिभिन्न सिप विकास तालिमहरु सम्पन्न

बैतडीको पञ्चेश्वरमा बिभिन्न सिप विकास तालिमहरु सम्पन्न भएका छन। पञ्चेश्वर गाउँपालिकाको आयोजना र लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रको आर्थीक सहयोगमा सिप विकास तालिमहरु सम्पन्न गरिएका छन।

No description available.

बास निङ्गालोबाट मुडा बनाउने ४५ दिने तालिम वडा न ६ मा सम्पन्न भएको लघु उद्यम बिकास शाखा सहजकर्ता देव शर्माले बताउनुभयो। यसैगरी ५२ दिने सिलाई कटाई तालिम वडा नं. ३ र ५ मा, ७ दिने मौरी पालन तालिम वडा नं. ०३, ०४, ०६ मा र ७ दिने तरकारी खेती तालिम वडा नं. ०३ र ०६ मा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

No description available.

तालिमहरुमा दलित र गैर दलितका महिलाहरु सहभागि भएका थिए। महिलाहरुलाई सिप सिकाई स्वरोजगार बनाउने उदेश्यका साथ तालिमहरु सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.