बैतडीको डिलाशैनी गाउँपालिका–०१ की बिज्ना (बिस्ना) रानाको उपचारमा आर्थीक समस्या भएको छ। जेठ २० गते घास काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी रानाको उपचारमा चरम आर्थीक समस्या भएको उनका श्रीमान देब बहादुर रानाले बताउनुभयो।
३३ वर्षीया रानाको भिरबाट लडेर मेरुदण्ड भाचिएको थियो। घरको आर्थीक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएकाले सकेको सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
रानाको हाल धनगढी स्थित माया मेट्रो अस्पतालमा (आईसियूमा) उपचार भईरहेको छ। देश तथा बिदेशमा भएका सम्पूर्ण मनकारी ब्यक्तिहरुलाई आफ्नो श्रीमतीको ज्यान बचाईदिन उनका श्रीमान देब बहादुर रानाले आग्रह गर्नुभएको छ।
सहयोग गर्नका लागि तलका क्यूआरहरुमा गर्न सक्नुहुनेछ।

