शिवनाथमा आधारभूत र मावि तहका शिक्षकका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

बैतडी-जिल्लाको शविनाथ गाउँपालिकमा शिक्षकहरुको शिक्षण क्षमता विकास सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । शिवनाथ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार शिवनाथ गाउँपालिका–५ स्थित शिवपुर्ण माविमा तालिम सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदकोे अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँद रहनु भएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयमा अध्ययापन गर्ने शिक्षकहरुको क्षमता विकासमा सहयोग पुर्याउने र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको शिक्षा शाखा प्रमुख दिनेश साउँदले जानकारी दिनुभयो ।अध्यापन शैलीमा गुणस्तरीयता ल्याउन पालिका क्षेत्रका विद्यालयका १०४ जना बिज्ञान,गणित र अङ्ग्रेजी विषयका शिक्षकहरुलाई तालिम दिइएको साउँदले जानकारी दिनुभयो।

उनका अनुसार शिक्षकहरुलाई मोडेलमा अध्यापनको लागि शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । एकिकृत पाठ्क्रमको संरचना,कार्यान्वयन रयानिती,समावेशी शिक्षण विधी मुल्याकंन प्रणली लगायत विद्यार्थीहलाई सजिलै बुझाउन सकिने, कक्षामा प्रस्तुत हुने तरिका, विद्यार्थीसँग गरिने व्यवहार, शिक्षण क्षमताको विकासबारे तालिम प्रदान गरिएको शिक्षा शाखाका प्राविधिक सहायक रमेश चन्दले बताउनुभयो ।

तालिम शिवनाथ गाउँपालिकाका शिक्षा अधिकृत दिनेश साउँद,मणिलेक माविका प्र.अ देवदत्त कलौनी, मणिलेक मा.विका निवर्तमान प्र.अ रमेश दत्त बाग कुलाउ मा.विका शिक्षक शिवराज कलौनीले सहजीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.