जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले पनि मनाँयो अन्तर्राष्ट्रिय योग दिवस

बैतडी : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले पनि ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ। शनिबार एक कार्यक्रमका बिच योग दिवस मनाँईएको कार्यालय प्रमुख हिकमत बहादुर चन्दले बताउनुभयो।

No description available.

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ। संयुक्त राष्ट्र सघंको महासभाले सन २०१४ मा गरेको निर्णय अनुसार सन २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएकाले सोहि अनुसार मेलौलीमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाँईएको योग गुरु राज बहादुर चन्दले बताउनुभयो।

No description available.

नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए।

No description available.

नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।

No description available.

Leave A Reply

Your email address will not be published.