बैतडी: अज्ञात समूहले नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगजनी गरेको छ। शनिवार साँझ साढे पाँच बजेको समयमा अज्ञात समूहले पार्टी कार्यालयमा आगजानी गरेको माओवादी केन्द्रले जनाएको छ।
पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजाता तथा फर्निचरका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको माओवादी केन्द्रका प्रदेस कमिटि सदस्य धर्म सिंह ऐरले जानकारी दिए। करिब साढे ५ बजेको समयमा आगजनी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोली खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता बलदेव बडूले जानकारी दिए।
आगजनीका कारण कार्यालयका सम्पूर्ण सरसामान तथा कागजातहरु नष्ट भएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।