गायक ओड्को आवाजमा “पिरदी अन्तिको” बजारमा, टिकटकमा लोकप्रिय बन्दैं

बैतडी : डडेल्धुराका उदयमान कलाकार विक्रम ओड्को आवाजमा नयाँ देउडा गित “पिरदी अन्तिको” सार्वजनीक भएको छ। केहि दिन अघि विर बोहरा युटूव च्यानलबाट भिडियोसहित गित सार्वजनीक भएको हो।

शब्द संंगित र लय समेत गायक ओड्कै रहेको गितमा लक्ष्मी बोहरा र गौरी भट्टले स्वरमा साथ दिनुभएको छ। द म्यूजीक ईरामा रेकर्डिङ गरिएको गितलाई कृष्ण बाजुरेलीले एरेन्ज गर्नुभएको गायक ओड्ले बताउनु भएको छ।

युवा पुस्ताले खुबै रुचाईएका गायक ओडको यो गित टिकटकमा पनि लोकप्रिय बन्दैं गईरहेको छ। आफ्नो गितमा दिनप्रतिदिन टिकटक बनाउनेहरुको सख्यां बढ्दै गईरहेको देख्दा सुदूरको संस्कृति जर्गेनाप्रति हौसला मिलिरहेको गायक ओड्ले बताए।

विगतका गितहरु जस्तै यो गितलाई पनि अध्याधिक माया गरिदिन र सल्लाह सुझाव दिन गायक ओड्ले आग्रह गरेका छन। अम्रित उपाध्यायले खिचेको भिडियोमा गायक ओड्संगै विर बोहरा, मनिसा बोहरा, सरोज रोकाया र कञ्चन विकको सुन्दर अभिनय रहेको छ।

भिडियो हेर्न तलको लिङ्कमा क्लीक गनुहोस्।

Leave A Reply

Your email address will not be published.