चौलानी नदीमा हाम फालेका बैतडीका युवक बेपत्ता

बैतडी-बैतडीमा एक जनाले चौलानी नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका अन्दाजी २६ वर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।

राना सोमबार बिहान ६ः२० बजे तिर चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनले चौलानी नदी हाम फालेर बेपत्ता भएको खबर आउने बित्तिकै खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

उनी अझै फेला पर्न सकेका छैनन् ।रानाले किन चौलानीमा हाम फाले भनेर खुल्न नसकेको र अनुसन्धानसंगै खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.