राष्ट्रिय युवा संसद २०८२ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला क्षेत्र नं। १ बाट उम्मेदवारी दिएका सन्तोष पन्त विजयी भएका छन्।
बाल्यकालदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका पन्त विद्यार्थी जीवनदेखि नै सेवा नै धर्म होु भन्ने भावनालाई आत्मसात गर्दै अघि बढिरहेका छन्। विद्यार्थी अधिकार, युवा सशक्तिकरण र सामाजिक परिवर्तनका पक्षमा निरन्तर सक्रिय पन्तले यस विजयलाई ूसम्पूर्ण बैतडीका युवाहरूको जितू भनेर टिप्पणी गरेका छन्।
“यो जित केवल मेरो हैन, यो हामी सबै युवाको जित हो, जसले देशमा परिवर्तन ल्याउने सपना बोकेको छ,” विजयी भएपछि उनले भने। उनले सुदूरपश्चिमका जनताको आवाज संसदमा बुलन्द गराउने अठोट व्यक्त गरे।
पन्तको विजयसँगै बैतडीका युवाहरूमा उत्साह थपिएको छ। गाउँदेखि सहरसम्मका युवा, विद्यार्थी तथा सामाजिक अभियान्ताहरूले उनलाई शुभकामना दिँदै भविष्यमा जिम्मेवार नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।
राष्ट्रिय युवा संसद नेपालका युवाहरूलाई नीति निर्माण, लोकतान्त्रिक प्रक्रिया, सुशासन, र नेतृत्व विकासमा संलग्न गराउँछ। यसले युवाहरूलाई संसद्को कार्यशैली, नीति संवाद,सामाजिक मुद्दाहरूमा छलफल,राजनीतिक सचेतना,समाधान मुखी सोचको विकास र निर्णय प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्राप्त गराउने उद्देश्य राख्छ।
पन्तको जितसँगै बैतडी जिल्ला र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने मौका मिल्नु ठूलो गर्वको विषय बनेको छ।