अनेरास्ववियु मणिलेक क्याम्पसले बुझायो मेलौली नगरपालिकालाई ज्ञापनपत्र

बैतडी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मणिलेक क्याम्पस एकाई कमिटीले मेलौली नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। मणिलेक बहुमुखि क्याम्पसको भौतिक पुर्वाधार, शैक्षिक गुणस्तर सुधार लागायतका माग राखेर नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियुका क्याम्पस एकाई कमिटी सचीव सरोज भट्टले ज्ञापनपत्र बुझाएका हुन। तल्लो स्वराड क्षेत्रका गरिब बिपन्न बर्गको उच्च शिक्षा लिने थलोको रुपमा रहेको क्याम्पसमा भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरको स्थिति अस्तब्यस्त छ। जसको ब्यबस्थापन गरिदिन भन्दै अनेरास्ववियुले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दैं नगरप्रमुख भिम बहादुर चन्दले नयाँ आर्थीक वर्ष २०८२/०८३ को बजेटमा क्याम्पसका अनेक समस्या सामाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.