बैतडी-मेलौली नगरपालिकामा आइटी स्रोत शिक्षकहरुको लागि क्षमता विकास तालिम सुरु भएको छ ।मेलौली नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका भित्र रहेका आधारभुत र माद्यमिक तहका विद्यालयका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि आसार १८ गते देखी दुई दिने तालिम सुरु भएको शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले जानकारी दिनुभयो ।
शिक्षकहरुलाइ शिक्षण सिकाई क्रियाकलापलाइ आधुनिक प्रविधि सँग जोडेर शिक्षण गराउने, विद्यार्थीहरुलाइ खोजमुलक शिक्षण कार्य गराउन, शिक्षण सिकाई क्रियाकलापमा विद्यार्थीहरुलाइ प्राविधिक बिषयवस्तुको बारेमा बढी जानकारी गराउने उदेश्यले तालिमको सञ्चालन गरिएको मेलौली नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मुनु कुमारी क्षेत्रीले बताउनुभयो ।
यस खालको क्षमता विकास तालिमले शिक्षकको विभिन्न क्षमतामा परिवर्तन ल्याई दैनिक प्रशासनिक काम लाई समेत थप सेवा र्पुयाउने उहाँले बताउनुभयो ।
तालिमले परम्परागत शिक्षण पद्धतीलाई परिमार्जन गरि शिक्षण सिकाई कार्यलाई आधुनिक तर्फ लैजाने नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो । प्रत्येक वर्ष आइटी सम्बन्धी नयाँ–नयाँ प्रविधि आइरहने हुँदा समय अनुसार शिक्षकहरुलाई अद्यावधिक गर्दै लैजानका लागि नगरपालिकाले क्षमता विकास तालिम गर्दै आइरहेको उहाँको भनाई छ ।