बैतडी : मेलौली नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान एवं पुरुस्कृत गर्ने भएको छ। आर्थीक वर्ष २०८१/०८२ को स्वीकृत बार्षिका कार्यक्रम अनुसार सम्मान एवं पुरुस्कृत गर्न लागिएको हो।
२०८१ को कक्षा ८ मा, २०८० को कक्षा १० र १२ को बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिने शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्रसिह नायकले बताउनुभयो। भोली आईतबार बिहान ११ः३० बजे नगरपालिकाको सभाहलमा पुरुस्कार वितरण गरिने नायकले बताउनुभयो।
कक्षा ८ मा मणिलेक माविका सुमन दयाल प्रथम, धर्मघर मावि सलेनाका नबिन जोशी द्धित्तीय र मणिलेक माविका धिरेन्द्र ओझा तृतीय भएका भएका थिए। प्रथमलाई २० हजार, द्धित्तीयलाई १५ हजार र तृतीयलाई १० हजार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो।
यसैगरी कक्षा १० को परिक्षामा पालिकाभरीमै प्रथम आउने धर्मघर मावि सलेनाकी ज्योती जोशीलाई ३५ हजार, द्धित्तीय आउनु भएकी शितलपुर मावि शितलपुरकी प्रतिक्षा बिष्टलाई ३० हजार र तृतीय आउने मणिलेक माविका बिजय भट्टलाई २५ हजारसहित सम्मान गरिने नगरपालिकाले जनाएको छ।
कक्षा १२ को परिक्षामा पालिकाभरीमा प्रथम, द्धित्तीय र तृतीय मणिलेक माविका विद्यार्थीहरु भएका थिए। प्रथम हुने दर्शन नेगीलाई ३५ हजार, द्धित्तीय हुने नरदेश ओझालाई ३० हजार र तृतीय हुने तेज ओड्लाई २५ हजार प्रदान गरिने शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर नायकले बताउनुभयो।

