बैतडीको डिलाशैनी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

बैतडीको डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।

७ ओटै वडाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ३ सय ७१ जना बालबालिका र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार २ सय १७ जना बालबालिकाहरुले खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम योगीले बताए।

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न घरघरमै पुगेर घरधुरी सर्वेक्षण गरिएको थियो। वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। नेपाल सरकारले बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध निशुल्क खोप उपलब्ध गराउँदै आएको छ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा सहयोग पुर्याएको सातओटै वडामा रहेका स्वास्थ्य संस्था प्रमुखहरुलाई सम्मान समेत गरिएको स्वास्थ्य शाखा प्रमुख योगीले बताए।

Leave A Reply

Your email address will not be published.