असार २८ मा डडेल्धुरालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिँदै

बैतडी : डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ। पूर्णखोप जिल्ला समन्वय समिति डडेल्धुराको आयोजनामा यहीँ असार २८ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको हो।

राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चितता भएसँगै पूर्णखोप जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख ९जनस्वास्थ्य अधिकृत० केशरबहादुर साउँदले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको छ।

उक्त घोषणा कार्यक्रम आउँदो शनिबार अमरगढी नगरपालिकाको सभाहलमा बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ। नेपालमा सरकारले १३ प्रकारका खोपहरू निःशुल्क रूपमा उपलब्ध गराउँछ।

यी अधिकांश खोपहरू शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ। दुई वर्ष मुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनष्टंकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेलालगायत १३ प्रकारका रोगबाट बचाउन खोप दिने गरिन्छ।

युनिटीखबरबाट

Leave A Reply

Your email address will not be published.