बैतडीका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ।
बुधबार कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन जना किसानहरुलाई जिल्लास्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले जानकारी दिए।
तिनै जनालाई जनही २५ हजार रुपियाँ पुरस्कारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको उनले बताए। ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको छ। पशुपन्छी तर्फ कुखुरा पालन व्यवसाय गर्दै आएका पाटन नगरपालिका–१० मदनराज भट्ट, कृषितर्फ मौरीपालन व्यवसाय गर्दै आएका दशरथचन्द नगरपालिका–५ का सुदर्शन प्रसाद लेखक र तरकारी खेती गर्दै आएका दशरथचन्द–४ का ममता टोक्टरे माललाई सम्मान गरिएको जोशीले बताए।
उत्कृष्ट किसानको रुपमा सम्मानीत हुन पाउँदा खुसी लागेको बताउदै मालले कृषि पेसामा लाग्न थप हौसला बढेको बताइन्। प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार उनीहरुलाई पुरस्कृत गरिएको हो। कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएकाले किसानहरुलाई पुरस्कृत गर्दा अरुहरुलाई पनि यसतर्फ आर्कषण बढ्ने जिल्ला समन्वय समिति बैतडीका प्रमुख खग्रेन्द्रसिंह धामीले बताए।