न्नई सुपर किङ्ग्सलाई पछि पार्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी बनेको छ।
१८ वर्षपछि पहिलो उपाधि जितेको आरसीबी २६९ मिलियन अमेरिकी डलर ‘ब्रान्ड भ्यालु’ का साथ आईपीएलको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो। यस्तै मुम्बई इन्डियन्स २४२ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ दोस्रो स्थानमा आइपुगेको छ। चेन्नई भने २३५ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ तेस्रो स्थानमा झरेको छ।
यसैगरी कोलकाता नाइट राइडर्स चौथौ, सनराइजर्स हैदराबाद पाँचौं, दिल्ली क्यापिटल्स छैटौं, राजस्थान रोयल्स सातौं, गुजरात टाइटन्स आठौं, पन्जाब किङ्ग्स नवौं र लखनउ सुपर जायन्ट्स दशौं स्थानमा छन्।
यस्तै आईपीएलको ‘ब्रान्ड भ्यालु’ १२ दशमलव ९ प्रतिशतले बढेर १८।५ अर्ब डलर पुगेको छ।