दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले साउन १ गते सकुशल उद्धार गरेको छ।

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने ३५ बर्षिय बिक्रम के।सी। नदिको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको हो। उद्धार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.