कञ्चनपुरको कृष्णपुरका आयुष भट्ट बेपत्ता

बैतडी– कञ्चनपुरका भट्ट बेपत्ता भएका छन् ।जिल्लाको कृष्णपुर नगरपालिका – ६ गजरौलाका १४ वर्षीय आयुष भट्ट बेपत्ता भएका हुन् ।

सोमबार (हिजो) बिहान घरबाट गजरौला बजार गएका आयुष सम्पर्क विहीन भएका पारिवारिक स्रोतले जनाएको छ ।

बिहान ६ बजे तिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार गएका उनी अहिले सम्म घर नफर्किएका उनका दाइ भुवन भट्टले बताए ।

खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको उनको भनाइ छ ।आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६नम्बर अथवा नजिकको प्रहरीचौकीमा सम्पर्क गरिदिन आफन्तहरुले आग्रह गरेका छन् ।

प्रहरीले पनि खोजि कार्य भैरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुर र कैलालीका प्रहरी कार्यालयले आयुषको खोजि कार्य जारी रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.