हावाहुरी सहितको वर्षाले पाटन-१ को सकार स्वास्थ्य चौकीको भवनमा क्षति

बैतडी- बैतडीको पाटन नगरपालिका-१ मा रहेको सकार स्वास्थ्य चौकीको भवनमा क्षति पुर्याएको छ ।

शुक्रबार दिउँसो तिर आएको हावाहुरी सहितको निरन्तर वर्षाले स्वास्थ्य चौकीको भवनको छानोमा सल्लाको रुख ढलेर छाना भत्किएर पुर्ण रुपमा क्षति भएको स्वास्थ्य चौकी ईन्चार्ज नेरन्द्र राज भट्टराईले जानकारी दिनुभयो ।

‘रुखले प्रयोगशाला राखेको कोठामा पूर्ण क्षति गर्दा ५ लाख बराबरको नोक्सान गरेको छ’ उनले भने, ‘कुपोषण उपचार गर्ने कोठामा आंशिक क्षति गरेको छ।’

छानोमा सल्लाको रुख ढलेर भत्किएर पछी स्वास्थ्य उपकरणहरु सहित औषधी,कागजातमा पानीले क्षति गरेको उनले बताउनुभयो ।छाना भत्किएपछि लाखौँ रकम बराबरको क्षति हुनुका साथै स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.