डडेल्धुरा अस्पतालमा नयाँ नेतृत्व:  डा.सुधा देवकोटाले सम्हालिन् जिम्मेवारी

डडेल्धुरा– सुदूरपश्चिमको डडेल्धुरा अस्पतालले एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाएको छ। स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी निर्देशकबाट सरुवा भएर डडेल्धुरा अस्पताल पुगेकी डा सुधा देवकोटाले शुक्रबार जिम्मेवारी सम्हालेकी हुन्।

डा देवकोटाले जिम्मेवारी सम्हालेपछि छोटो प्रतिक्रिया दिँदै भनिन्, ‘आजबाट काम सुरु गरेको छु। अस्पतालमा केही सुधारका काम गर्ने योजना छ। त्यही अनुसार काम गर्छु।’

अस्पतालले सम्भवत पहिलो पटक ११औं तहको प्रमुख मेसु पाएको हो। अस्पताललमा ११ औं तहको दरबन्दी रहे पनि वरिष्ठ चिकित्सकहरु जान मानिरहेका थिएनन्। तर डा देवकोटाले भने सरकारले खटाएको स्थानमा गएर काम गर्ने र सुधारको नतिजा पनि निकाल्ने बताइन्।

अस्पतालमा आयोजित स्वागत कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निमित्त प्रमेसुको जिम्मेवारीमा रहेका डा नरेन्द्रकुमार खनालले डा देवकोटालाई स्वागत गरे। यो कदमले अस्पतालको सेवा सुधारमा नयाँ आशा जगाएको अस्पतालका कर्मचारीहरुले प्रतिक्रिया दिएका छन्।

Leave A Reply

Your email address will not be published.