बैतडीको दोगडाकेदारमा कांग्रेसको वडास्तरीय प्रशिक्षण शुरु

बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेसले वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा वडा नं २ बाट वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले बताए ।

वडा नं २ को बडिया कमलपुरमा वडास्तरीय प्रशिक्षण कार्यक्रमको शुरुवात गरिएको हो। प्रशिक्षणमा नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक बिरबहादुर बिष्टको सहभागिता छ। गाउँपालिकाका आठओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उपसभापति बिष्टले बताए।

नेपाली कांग्रेसको नीति, विधि, विधान र संगठन विस्तारका बिषयमा प्रशिक्षण कार्यक्रममा छलफल हुने गरेको उपसभापति बिष्टले बताए। नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुलाई स्थानीयस्तरदेखि नै प्रशिक्षत गराउन वडास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए।

प्रशिक्षण कार्यक्रमलाई जिल्लाभरी विस्तार गर्ने पार्टीको योजना रहेको उपसभापति बिष्टको दाबी छ। साउन १४ गते वडा नं ८ को कटौंजपानीमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने बताइएको छ। यस्तै साउन १५ गते वडा नं १ को रीममा, साउन १६ गते वडा नं ६ को सित्तडमा, साउन १७ गते वडा नं ५को न्वालीमा, साउन १८ गते वडा नं ४ को श्रीकेदारमा, साउन १९ गते वडा नं ३ को श्रीकोटमा र साउन २० गते वडा नं ७ को देउलेकमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.