भारतले धौलीगंगा बाँधको ढोका खोल्यो, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएकाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको जलविद्युत् परियोजना सिल्ट सफाइका लागि बाँधको ढोका खोलिएको भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म र त्यसपछि पनि महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.