दार्चुला -दार्चुलाबाट १२ ग्राम बढी लाागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका–६ दार्चुला बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेका प्रहरीले जनाएको छ।
महरालाइ बिहीवार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।