आज कोशी र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी र गण्डकीको पहाडी एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै मौसम साधारणतया बदली रहने छ। गण्डकी र कोशीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आजराती कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। गएराति धनुषामा १०५.६ मिलिमिटर वर्षा मापन भएको छ।

Leave A Reply

Your email address will not be published.