नागार्जुन आधारभुत स्वास्थ्य सेवा केन्द्रको सार्वजनिक सुनुवाई सम्पन्न, एक बर्षमा ४ हजार बढीले लिए सेवा

बैतडी–बैतडीको नागार्जुन आधारभुत स्वास्थ्य सेवा केन्द बाट एक बर्षको अवधिमा ४ हजार बढी नागरिकले सेवा लिएका छन् ।
शिवनाथ गाउँपालिका–१ स्थित उक्त स्वास्थ्य सेवा केन्द्रबाट सेवा क्षेत्रभित्रका ४ हजार ८ सय जनाले सेवा लिएको स्वास्थ्य सेवा केन्द्रका प्रमुख जीवन सिंह साउँदले जानकारी दिनुभयो ।

बुधबार स्वास्थ्य सेवा केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रमार्फत गत आर्थिक बर्षमा सम्पादन भएका कामहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।

एक बर्षको अवधिमा नागार्जुन आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट ३९ जना आमाले सुरक्षित प्रसूती सेवा लिएका छन्यस्तै गाउँघर क्लिनिक मार्फत ७ सय ५९ जनाले सेवा लिएको स्वास्थ्य केन्द्र प्रमुख साउँदले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा केन्द्रले किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, परिवार नियोजन सेवा, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिवनाथ गाउँपालिका कार्यपालिका सदस्य धनमती साउँदले स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यचौकीका कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।

सिमित सेवा सुविधाका बावजुद पनि यस आधारभुत स्वास्थ्य सेवा केन्द्रले उत्कृष्ट सेवा दिईरहेको स्वास्थ्य सेवा केन्द्र प्रमुख साँउदले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.