जम्मू कश्मीरमा बादल फुटेर मृत्यु हुनेको संख्या बढ्दै, ३३ जनाको शव निकालियो

काठमाडौं बिहीबार जम्मू कश्मीरको किश्तवाडमा रहेको मचैल माता मन्दिर नजिकै प्रकृतिले विनाश मच्चाएको छ। यहाँ बादल फुट्दा ३३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ५० जनाको उद्धार गरिएको छ।

यस्तै घटनामा १२० भन्दा बढी घाइते र २०० भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो।

घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको छ र ठुलो मात्रामा अपरेशन सुरु गरिएको छ।

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चिशोटीमा भएको घटनाले ठुलो मानवीय क्षति हुन सक्ने बताए। उनले प्रशासन तुरुन्तै सक्रिय भएको र उद्धार टोली घटनास्थलमा पठाइएको बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको किश्तवाडमा बादल फुटेर आएको बाढीको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले यस विपत्तिबाट प्रभावित सबैप्रति आफ्नो सहानुभूति रहेको बताए। राहत र उद्धार कार्य जारी रहेको बताए।

Leave A Reply

Your email address will not be published.