भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ

डडेल्धुरा –डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीले दपक सिजाली र गगन बोहराको घर कोठा खानतलासी गर्दा दुवै जनाको घर कोठाबाट १÷१ नाल गरी जम्मा २ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुकसहित दिपक सिजालीलाई नियन्त्रणमा लिएको र गगन बोहरा भने फरार रहेको जनाएको छ ।

फरार रहेको बोहराको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.