दार्चुलाको महाकाली करीडोरबाट चरेशसहित एकजना पक्राउ

दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्। दार्चुलाको महाकाली नगरपालिका ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ बर्षीय युवक किसन लुहार चरेशसहित पक्राउ परेका हुन्।

लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.