स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन्। देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।
स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन। राजीनामा दिँदैछु ।’
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिईसकेका छन। कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।