आज दिउँसो चार प्रदेशमा पानी पर्ने सम्भावना

गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। आज बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो।

सप्तकोशी चतरा जलमापन केन्द्रमा बिहान पछिल्लो एक घण्टामा सबैभन्दा धेरै २४.४ मिलिमिटर वर्षामापन भएको छ। झापाको दमकमा २०.८ मिलिमिटर पानी परेको छ । देशभर मनसुनको प्रभाव छ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी पहाडी र तराई भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आजराति पनि यी चार प्रदेशका पहाडी तथा तराइ थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.