‘नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्’:भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताएका छन् ।

“नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उनले सामाजिक सञ्जाल एक्स मार्फत उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.