आज दिउँसो र राति ठूलो वर्षाको सम्भावना

गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ। आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशको पहाड र तराई भेग तथा मधेश, गण्डकी र लुम्बिनी प्रदेशको तराई भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गएराति काठमाण्डौसहित कैलाली, बाँके, बर्दिया, रुपन्देही, नुवाकोट, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा पानी परेको छ।

Leave A Reply

Your email address will not be published.