कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादी केन्द्रको भर्त्सना

नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ।

सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको समयमा शुक्रबार राति माओवादी केन्द्रको पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो। बैठकले जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरेकोमा पार्टीले घोर भर्त्सना गरेको छ।

बैठकको निर्णय सुनाउँदै सचिव देवेन्द्र पौडेलले साथै, संविधान र विधिको शासन कुल्चेर गरिएको नियुक्तिको विरूद्ध विरोध गर्न सम्पूर्ण जनतामा आह्वान गर्ने गर्नुभएको हो।

Leave A Reply

Your email address will not be published.