जेनजी आन्दोलनको हिंसात्मक घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने

काठमाडौँ -सरकारले जेनजी आन्दोलनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको भन्दै सम्भवता पूर्व न्यायाधीशकै नेतृत्वमा गठन हुने जानकारी गराए।

Leave A Reply

Your email address will not be published.