बुढी पोल्ने पर्वको धार्मिक तथा दार्शनिक दृष्टिकोण

नेपाल संस्कृति सम्पन्न राष्ट्र हो । यहाँ हरेक दिन कुनै न कुनै पर्व मनाएकै हुन्छ । असोज १ गते सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र भारतका कतिपय ठाउँमा बुढी पोल्ने पर्व मनाइन्छ ।भाद्र १ गते ओल्के पर्वको दिन ग्वालाहरुले गाउँबस्तीको दोबाटो , चौबाटो , सातदोबाटोमा बुढी बनाउने गर्दछन ।विभिन्न काँडाका झ्याङ र बोटबिरुवाका हाँगाबिङ्गाहरुलाई एक ठाउँमा थुपारी बुढी बनाइन्छ । साथै आज वस्तुभाउलाई पनि टन्न घाँस खुवाई इच्छा पूर्ण गराइन्छ । यसलाई घस्याईँ सकराँत पनि भनिन्छ ।

असोज संक्रान्तिको साँझ प्रत्येक घर- घरमा विशेष प्रकारको घाँसको पिपलो बनाई लुतो तथा आँशुरी भावलाई बढारिन्छ । यसरी बनाएको घाँसको पिपलो मध्ये एउटालाई घरको धुरी कटाइन्छ भने आर्कोलाई पोल्नको लागि राखिन्छ । अक्षता , काँक्रा लगाएतका सामाग्री ,घर(घरबाट बालेको दियालो लगेर बुढी बनाएको ठाउँमा गएर आगो लाइन्छ । काँक्रो , चामल चपाएर थुइ बुडी थुई भन्दै थुक्ने गरिन्छ । बुढी पोलिसकेपछि डिउडा खेल्ने चलन रहि आएको छ ।
‎
‎धार्मिक दृष्टिकोण
‎
‎पौराणिक कालमा भगवान श्रीकृष्णलाई बचपनमा पुतना नामकी राक्षसले आफ्नो दुधापान गराई मार्ने षडयन्त्र गरिन । तर भगवान श्रीकृष्णले पुतनाको संहार गरिदिए ।आजको दिन गोकुलबासी गोठालाहरुले उक्त पुतनालाई पोलि खुशीयाली मनाएका थिए । असत्य माथि सत्यको जित भएको खुशीयालीमा यो पर्व मनाइदै आएको धार्मिक मान्यता रहि आएको छ ।
‎
‎दार्शनिक दृष्टिकोण
‎
‎समाजमा रहेका विभिन्न चाडपर्व , रीतिरिवाज ,भाषा , संस्कृति , परम्परा , मेलापर्व मानव जीवनसँग गाँसिएको हुन्छ । मानिसलाई मानव बनाउने गर्दछ । यसले मानवीय सह( अस्तित्वलाई जोगाउने काम गरेको छ । मानिस आफैमा पूर्ण हुदैन । हामी भित्र विभिन्न विकार र स्वार्थहरु हुन्छन । मनमा असंख्य विचारको आगमन हुन्छ तर ती सबै स्वच्छ हुन्छन भन्ने हुदैन ।यसरी प्रवेश गरेका सबै विचार मानवको हित र कल्याणकालागि आएको हुदैन ।असल चरित्रवान र अनुशासित जीवन निर्वाह गर्नुकालागि योग , ध्यान , पूजापाठ गर्ने ,विभिन्न रीती , संस्कृति ,मूल्य मान्यता र समानतालाई अङ्गिकार गर्ने गरेका छौँ । यसले हामीलाई असल , अनुशासित बन्न प्रेरणा प्रदान गर्दछ । हामीभित्र रहेको आँशुरी प्रवृति , अज्ञानता र अन्धकारलाई समाप्त पारी जीवनमा ज्ञानको प्रकाश छर्न यस प्रकारका पर्वहरुको महत्व हुन्छ । जसरी बुढी पोल्ने पर्वमा पुतना रुपी राक्षसलाई पोल्ने गरिन्छ त्यसरी नै हरेक मानिस भित्र रहेको राक्षस रुपि विचारलाई पनि पोल्न जरुरी छ । स्वयम् आफूभित्र विराजमान आँशुरी प्रवृतिबाट मुक्त भएमा मात्र यस्ता पर्वहरुको सार्थकता हुन्छ ।
‎
‎प्रत्येक व्यक्ति , परिवार , समुदायमा मानवीय मूल्य मान्यता जगाउन तथा अज्ञानता र अन्धकारलाई हटाएर घर(घरबाट चेतनाको प्रकाशको प्रतीक स्वरुप दियालो लिएर बुढीरुपी अज्ञानतालाई समाप्त पार्ने दार्शनिक दृष्टिकोण रहेको पाइन्छ । यस कारण व्यक्तिका गलत संवेगको अन्त्यगरी मानवीय सद्भावको विकास गरि विश्व बन्धुत्वको भावना जागृत गर्न यस पर्वको दार्शनिक मान्यता रहेको छ ।
‎
‎देवेन्द्र दत्त भट्ट मेलौली -७ काँणा , बैतडी
‎

Leave A Reply

Your email address will not be published.