बैतडी-विशालपुर माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।मेलौली नगरपालिका-९ मा अवस्थित विशालपुर माद्यमिक विद्यालयले विहिबार आफ्नो ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु भट्टको अध्यक्षतामा तथा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रममा बिशिष्ट अतिथि मेलौली नगरपालिका वडा.न-८ वडा अध्यक्ष तपेद्र पंिह विष्ट,कार्यपालिका सदस्य धना विक तिर्वा तथा वडा.न-९ का कार्यवाहक वडा वडा अध्यक्ष चेत राम नेपाली लगायत विभिन्न राजनितिक दलका प्रतिनिधी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख चन्दले नगरपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुुका साथै कार्यक्रम संचालन गरिरहेको र विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
कार्यक्रममा विशालपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक सिंह विष्टले बिद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा राजनितिक दलका व्यक्तित्व लगायत जनप्रतिनिधि, अभिभावक शिक्षक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो।