बैतडी: शिद्धेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका–०१ मेल्चौराका शिक्षहरु सम्मानीत भएका छन। विद्यालयको नतिजामा सुधार आएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुलाई सम्मान गरेको हो।
शुन्य अवस्थामा रहेको विद्यालयकोन तिजा पछिल्लो समय ८२ प्रतिसत आएपछि शिक्षहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मतसिह रावलले जानकारी दिनुभयो। आफुले गरेको कर्मबाट सम्मानीत भएपछि शिक्षकहरु खुसी भएका छन।
शैक्षिक सत्र २०८१ मा कक्षा ८ को नतिजामा ६२ प्रतिसत विद्यार्थी उर्तिण भएका थिए। यसैगरी कक्षा १० मा ७५ प्रतिसत र कक्षा १२ मा ८२ प्रतिसत नतिजा आएको प्रधानाध्यापक दिपेन्द्रसिह चाडले बताउनुभयो।
पछिल्लो समय विद्यालयले विद्यार्थीको मनोबल बढाउन र शैक्षिक स्तर माथि उकास्न बिभिन्न अतिरिक्त कृयाकलापहरु गर्दै आएको छ। आगामी दिनहरुमा पनि विद्यालयको नतिजा उत्कृष्ट ल्याउनमा आफुहरुको तर्फबाट हुने हरेक तवरका कार्यहरु गर्ने प्रधानाध्यापक चाड्ले बताउनुभयो।