काठमाण्डौं महानगरले दियो बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स

काठमाण्डौं महानगरपालिकाले बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। एम्बुलेन्स नभएका दुर्गम पालिकालाई एम्बुलेन्स प्रदान गर्ने नीति अनुुसार सिगास गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो।

सिगासहित देशभरका ३५ ओटा दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स हस्तान्तरण गरेको हो। सिगास गाउँपालिकाले महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको र शिवलिङ्ग स्वास्थ्यचौकी मार्फत सञ्चालन गरिने सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो।

महानगरले उपलब्ध गराएको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष धाना धामी र स्वास्थ्य शाखा प्रमुख बोहराले बुझेका थिए। उक्त एम्बुलेन्स बुझेर ल्याउन लागेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताउनुभयो।

यसअघि सिगास गाउँपालिकामा एम्बुलेन्स नहुँदा समस्या रहेकोमा अब त्यो समस्या समाधान हुने स्वास्थ्य शाखा प्रमुख बोहराले बताउनुभयो। शिवलिङ्ग स्वास्थ्यचौकीमार्फत एम्बुलेन्स सञ्चालन गरिने र आवश्यकता अनुसार सबै वडामा सेवा दिने उनले बताउनुभयो।

यस्तै गाउँपालिकाले पनि एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताउनुभयो। चालु आर्थिक बर्षभित्रै पालिकाले एम्बुलेन्स खरीद गरी गाँजरी स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्ने योजना रहेको उनले बताउनुभयो।

सिगास गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेसँगै आकस्मिक बिरामीहरुका लागि सहज हुने भएको छ। गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगिसकेको छ। समस्यामा परेका बिरामीहरुका लागि एम्बुलेन्स उपलब्ध गराइने बोहराले बताए।

Leave A Reply

Your email address will not be published.