प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ। दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ।

‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो राष्ट्रिय सम्बोधन हुनेछ। पूर्व प्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो, जसले भदौ २३ र २४ गते भएको सशक्त ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको नेतृत्व गरर्नुभएको थियो।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले हालै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ। अन्तरिम सरकारको प्रमुख कार्यभार छ महिनाभित्र अर्थात् फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउनु रहेको छ।

आजको सम्बोधनमा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, सरकारका प्राथमिकता र राष्ट्रका नाममा भावी योजनाबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ। सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ।

Leave A Reply

Your email address will not be published.