धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन्। जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी‘तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन १ राजिनामा दिनुस् १ म गर्छु उनीहरुको माग पूरा एक-एक गरेर!
कार्की प्रधानमन्त्री नियुक्त भएको केही दिन मात्रै भएको छ। उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकको छैन। दुई पटक मन्त्रिपरिषद विस्तार हुँदा ८ सदस्यीय पुगेको छ। कार्कीसँगै ९ मन्त्रालय रहेका छन्। अन्य मन्त्रीहरु पनि २ भन्दा बढी मन्त्रालयको जिम्मेवारीमा छन्।