ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ। जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई विदेश जान रोक लगाएको हो। उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको र कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग अनुमति लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ।

पासपोर्ट रोक्का हुनेमा तत्कालीन प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाण्डौका प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन्। पासपोर्ट रोक्का गरेको जानकारी अध्यागमन विभाग सहित सम्बन्धित निकायमा पठाएको गृह मन्त्रालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.